सुनको भाउ दुई दिनमा प्रतितोला १९ सयले घट्यो, बिहीबार तोलाको कति ?


नेपाली बजारमा सुनको भाउ दुई दिनमा प्रतितोला १९ सय रुपैयाँले घटेको छ । बुधबार १२ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार ७०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुनको भाउ १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला १ लाख १६ हजार ९५० रुपैयाँ तोकिएको थियो ।

बिहीबार प्रतितोला चाँदी १ हजार ३९० रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला १ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार ८ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ५९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।