सोनापुर मिनिरल्सले लाभांश बिना नै डाक्यो साधारण सभा


सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले माघ २६ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । सभा माघ २६ गते शुक्रबार होटल माला इनमा बिहान १० बजे सुरु हुने छ ।

कम्पनीले साधारणसभामा लाभांश वितरण गर्ने कुनै प्रस्ताव राखेको छैन । सभाले कम्पनी उद्देश्य थप (संशोधन) गर्ने छ । यस्तै सभाले प्रबन्धपत्र संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

यस्तै सभाले आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । यस्तै सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले माघ १२ गते बुकक्लोज गर्ने भएको छ। बुकक्लोज अनुसार माघ ११ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।