नेशनल लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ६३ हजार २४२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति संस्था वा कम्पनीले पनि आवेदन दिन सक्ने छन् । सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले १० दिन भित्र संस्थाको केन्द्रिय कार्यालय बनेपा १-काभ्रेपलाञ्चोकमा सम्पर्क गर्न सक्ने छन् ।
यसअघि कम्पनीले संस्थापक सेयरधनीको लागि सेयर बिक्रीमा ल्याएको थियो । ३५ दिन भित्र संस्थापक सेयरधनीबाट आवेदन नआएको भन्दै लघुवित्तले उक्त सेयर अन्य, व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गर्न लागेकोे हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया