‘लाभांसमा लाग्ने दोहोरो करलाई बजेटमार्फत सम्बोधन गरिन्छ’


अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर कारोबारमा लाग्दै आएको दोहोरो करलाई आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गरिने बताएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को २७ औं वार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले ५ प्रतिशत पूँजीगत लाभकर घटाउन सकिने संकेत गरेका हुन् ।

सामुहिक लगानी कोष सम्बन्धी नियमावली कार्यान्वायनमा आउने तयारीमा रहेको बताएका मन्त्री खतिवडाले बजारमा हुने अस्वभाविक कृयाकलापप्रति सजग हुनु पर्नेमा जोड दिएका थिए ।

रियल टाइम सेटलमेन्टमा जानु पर्ने आवश्यक्ता औल्याएका मन्त्री खतिवडाले अहिलेलाई २ दिनमा सेटलमेण्टको व्यवस्था गर्न नेप्सेलाई सुझाव दिए ।