एनआईसी एसिया बैंकले ७५ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दै


एनआईसी एसिया बैंक लिमिटेडले विभिन्न स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ ।  बैंकले काठमाण्डौं लगायत ७५ स्थानमा रहेको सम्पत्ति बिक्री गर्ने भएको हो । उक्त सम्पत्ती खरिद गर्न इच्छुक विभिन्न व्यक्ति, संस्था वा कम्पनीले माघ ५ गतेदेखि ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्ने छ ।

बैंकद्वारा जारी सूचनामा भनिएको छ, गैर बैंकिङ सम्पति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने भएकोले सम्पति खरिद गर्न ईच्छुक व्यक्ति\फर्म\कम्पनी\ संघ संस्थाहरुले निम्न लिखित शर्त बन्देजहरुको अधीनमा रही यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन आह्वान गरिन्छ । ’

बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फारम बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंबाट एक हजार तिरि प्राप्त गर्न सकिनेछ । प्राप्त बोलपत्रहरु बैंकले कुनै कारण नखुलाई अस्वीकार गर्न सक्ने छ ।

बिक्री गरिने सम्पतिको नक्सा, फिल्ड नक्सा, क्षेत्रफल, नेपाल सरकार तथा सो मातहतका निकायले तोकेको मापदण्ड आदिको बारेमा बोलपत्रदाता स्वयम्ले नै यकिन गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्ने अन्तिम दिनको भोलिपल्ट दिनको ३ बजे बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभागमा बोलपत्र खोलिने बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।