ग्यालेक्सी एस २४ अल्ट्रा, ग्यालेक्सी एस २४ प्लस र ग्यालेक्सी एस २४ को प्रि अर्डर खुलेको छ । सामसङ नेपालले ग्यालेक्सी ए.आई को साथमा अग्रिम बुकिङ खुलाएको हो ।
प्रि–अर्डर गर्ने पहिलो ५०० ग्राहकहरूले एनसेल प्रिमियम नम्बर प्रति दिन ७० मिनेट अल नेट भ्वाइस प्लस ७०० एमबी प्लस ७० एसएमएस ६ महिनाका लागि ३ हजार ५०० निःशुल्क प्राप्त गर्न सक्नेछन्।
ग्यालेक्सी एस२४ सिरिजले फोन कलको वास्तविक–समयमा नै दुई–तर्फी आवाज र टेक्स्ट दुवै लाइभ ट्रांस्लेटको साथ मोबाइल फोनको संचारको तरिका लाई नै पुनः परिभाषित गरिदिएको छ । प्रयोगकर्ताहरुले ग्यालेक्सी एस२४ को स्क्रिनमा सर्कल, हाइलाइट, स्क्रिबल वा ट्याप गरि उच्च गुणस्तरको परिणामहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपालमा एस २४ अल्ट्राको १२\२५६ जीबीको १ लाख ८४ हजार ९९९ रूपैयाँ र १२\५१२ जीबीको १ लाख ९९ हजार ९९९ रूपैयाँ पर्ने कम्पनीले जनाएको छ । यो टाइटेनियम ब्लाक, टाइटेनियम ग्रे, टाइटेनियम भायोलेट रंगको हुन्छ ।
यसैगरी ग्यालेक्सी एस २४ प्लस ८\२५६ जीबीको एक लाख ४२ हजार ९९९ रूपैयाँ पर्ने अनुमान गरिएको छ । यस्तै, सामसङ ग्यालेक्सी एस २४ को बेसको ८\२५६ जीबीको एक लाख १९ हजार ९९९ रूपैयाँ पर्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया