लक्ष्मी सनराइज बैंकद्वारा “ई-कमर्स अक्वायरिङ” सेवा सुचारु

0
Shares

लक्ष्मी सनराईज बैंकले “ई-कमर्स अक्वायरिङ गेटवे” सेवा संचालनमा ल्याएको छ। नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ । यो सेवा नेप्स र भीजाको को सहायक संस्था, साइबारसोर्स संगको सहकार्यमा विकास गरेको हो ।

यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नु हुनेछ । ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ती ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुने बैंकले जनाएको छ ।

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सकिनेछ भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन । तसर्थ यो सुविधाले देशको ई-कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराईज बैंकको रहेको छ ।

लक्ष्मी सनराईज बैंकले देश भर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ एटिएम १४१ शाखा रहित बंकिङ र ५ हजार भन्दा बढी रेमिटेन्स एजेन्टमर्फत आफ्नो सेवाहरु प्रधान गर्दै आइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।