राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गगरेका छन् ।
शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६औँ विकास योजनाबीच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल भएको छ। आयोगका उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औँ योजना पूर्वाधार, सामाजिक क्षेत्र लगायत खासगरी उत्पादन र राजगारीमा केन्द्रीत हुने बताए ।
उपाध्यक्ष श्रेष्ठले विकास लागि भएका संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६औँ योजनाले विशेष ध्यान दिने बताए । विश्व बैंक लगायतका विकास साझेदारहरुले नेपालका लागि गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यबाद समेत दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया