सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरोको भाउ बढ्यो


सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । अमेरिकी डलर आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरो १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ । आइतबार युरो १४४ रुपैयाँ ४० पैसा र बिक्री दर १४५ रुपैयाँ ०५ पैसा रहेको थियो ।

सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४४ पैसा र बिक्री दर १६९ रुपैयाँ २० पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५० पैसा र बिक्री दर ८७ रुपैयाँ ८९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा र बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३६ पैसा र बिक्री दर ३५ रुपैयाँ ५२ पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार  ०७ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।