एनएलजी इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको १८ औँ साधारणले फागुन ३ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाण्डौंमा बस्ने छ । सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार माघ २४ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।