नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

माघ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांस वितरण नगर्ने निर्णय गरेको हो ।

यस्तै समितिले लाभांश प्रस्तावबिनै उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।