मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । अमेरिकी डलर आइतबार र सोमबार पनि सोही भाउमा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरो १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७ पैसामा कारोबार भइरहेको छ ।
उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३७ पैसा र बिक्री दर ८७ रुपैयाँ ७७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०६ पैसा र बिक्री दर २८ रुपैयाँ १८ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३६ पैसा र बिक्री दर ३५ रुपैयाँ ५२ पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९४ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया