प्रभु बैंकका सेयरधनीको हात खाली


प्रभु बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। बैंकको माघ ८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश पारित नगर्ने निर्णय गरेको हो।

बैंकका कम्पनी सचिव अमित भण्डारीका अनुसार माघ ८ गते बसेको सञ्चालक समितिको ३२१ औं बैठकले बैंकको आव २०७९–८० को लेखापरीक्षण गरी नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम तयार गरिएको वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको जानकारी दिए । बैंठकमा सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव नरहेको बताए ।

गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रभु बैंकले २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने वितरयोग्य मुनाफा १६ करोड १६ लाख मात्र थियो । बैंकले आव २०७८–७९ बाट चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर तथा १.५ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको थियो । सेञ्चुरी बैंकसँगको मर्जरपछि बैंकको चुक्ता पुँजी २३ अबए ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।