निफ्राको लक इन अवधि फागुन २३ गते सकिँदै


नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को लक इन अवधि फागुन २३ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।

हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा छ । बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।