नेपाल प्रहरीका २४ जना कर्मचारी सम्पर्कविहीन, सात दिन भित्र सम्पर्कमा आउन निर्देशन


नेपाल प्रहरीका विभिन्न विभागका काम गर्ने २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक (असइ), २ जना सहायक हवल्दार र बाँकी जवानहरू रहेका छन् ।

कार्यादयले बुधबार एक सूचना जारी गरि उनीहरुलाई सात दिन भित्र सम्पर्कमा आउन ताकेता गरेका हो । उनीहरु लामो समयदेखि गैर हाजिर रहेको सूचनामा उल्लेख छ ।

सात दिन भित्र सम्पर्कमा नआए सेवाबाट हटाउने प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार  ०९ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।