एशियन लाइफ इन्सोरेन्सको लाभांश घोषणा


एशियन लाइफ इन्सोरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मूनाफाबाट सेयरधनीहरुलाई ८.१५७८ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले सेयरधनीहरुलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१५७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।