जीवन बीमा कम्पनीले पुसमा पौने तीन अर्बले बढाएर नयाँ व्यवसाय, ९ कम्पनीको व्यवसाय खस्कियो

0
Shares

सञ्चालनमा रहेको चौध जीवन कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महीनामा २ अर्ब ८४ करोड ३५ लाख ६९ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो पुसको तुलनामा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय विस्तार गरेका कम्पनीको व्यवसाय औषतमा २.१८ प्रतिशतले खुम्चिएको हो ।

देशमा आर्थिक क्रियाकलाप र उपभोगमा आएको कमीका कारण छाएको मन्दीको प्रभाव जीवन बीमा कम्पनीहरुले संकलन गर्ने प्रथम बीमाशुल्कमा देखिएको हाे । २०७९ पुसमा जीवन बीमा कम्पनीहरुले २ अर्ब ९० करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेका थिए । अघिल्लो पुसको तुलनामा प्रथम बीमाशुल्क ६ करोड ३४ लाख ६१ हजार रुपैयाँले घटेको हो ।

पुसमा कुल १२ अर्ब ४७ करोड ३५ लाख ३ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय भएकोमा नवीकरण बीमाशुल्क वापत ९ अर्ब ६२ करोड ९९ लाख ३४ हजार रुपैयाँ संकलन भएको छ । जीवन बीमा कम्पनीले पुसमा ४ लाख ४२ हजार ६०६ वटा बीमालेख बिक्री गरेका छन् । गत आर्थिक वर्षको सोही अवधि २०७९ पुसमा तत्कालीन अवस्थामा सञ्चानमा रहेका १९ जीवन बिमकहरुले ११ लाख ४४ हजार ८५४ ओटा बीमालेख बिक्री गरेका थिए । सो अवधिमा ९ अर्ब २२ करोड ८८ लाख ७ हजार रुपैयाँ नवीकरण बीमाशुल्क सहित कुल १२ अर्ब १३ करोड ५८ लाख ३७ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।

नौ कम्पनीको प्रथम बीमाशुल्क घट्यो, नेपाल लाइफले संकलन गर्यो सर्वाधिक

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको विवरण अनुसार आर्थिक वर्ष २०८० पुस महीनामा १४ मध्ये ९ ओटाको प्रथम बीमाशुल्क संकलन घटेको छ भने ५ ओटाको मात्र बढेको छ ।

समीक्षा अवधिमा नेशनल लाइफको सर्वाधिक २६.७८ प्रतिशतले वृद्धि हुँदा नेपाल लाइफ इन्स्योरेन्सको २६.५६ प्रतिशत, मेट लाइफको २०.६९, एशियन लाइफको १४.८१ प्रतिशत र सिटिजन लाइफ इन्स्योरेन्सको ८.३८ प्रतिशतले बढेको हो । यस अवधिमा प्रभु महालक्ष्मी लाइफको सर्वाधिक ३९.९० प्रतिशतले घटेको छ । यस्तै हिमालयन लाइफको ३२.०९, सानिमा रिलायन्स लाइफको २५.६४, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १९.५० र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड–एलआइसीको १७.५० प्रतिशतले प्रथम बीमाशुल्क संकलन घटेको छ ।

यसैगरी पुसमा आईएमई लाइफ इन्स्योरेन्सको ३.९२ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको २.६४, रिलायबल नेपाल लाइफको २.१२ प्रतिशत र सन् नेपाल लाइफ इन्स्योरन्सको प्रथम बीमाशुल्क १.४८ प्रतिशतले घटेको छ ।

पुसमा कसले कति संकलन गरे प्रथम बीमाशुल्क ?

प्राधिकरणको तथ्याङ्क अनुसार पुसमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ५६ करोड २२ लाख ७४ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। गत आवको सोही अवधिमा कम्पनीले ४४ करोड ४२ लाख ७७ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो ।

यसैगरी नेशनल लाइफ इन्स्योरेन्सले गत आवको पुसमा २९ करोड ३० लाख हजार रुपैयाँ संकलन गरेकोमा त्यसलाई वृद्धि गर्दै ३७ करोड १४ लाख ५५ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । तेस्रो ठूलो प्रथम बीमाशुल्क संकलन गरेको हिमालयन लाइफ इन्स्योरेन्सले २४ करोड १८ लाख ७२ हजार रुपैयाँ संकलन गरेको छ । गत वर्ष ३५ करोड ६१ लाख ६६ हजार रुपैयाँ संकलन भएको थियो । एलआइसी नेपालको प्रथम बीमाशुल्क २३ करोड ९९ लाख १५ हजार रुपैयाँ छ । अघिल्लो पुसमा एलआईसीले २९ करोड ६ लाख २५ हजार रुपैयाँ संकलन गरेको थियो ।

यसैगरी एशियन लाइफ इन्स्योरेन्सले २०८० पुसमा २१ करोड ८६ लाख ५५ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । अघिल्लो १९ करोड ४ लाख ५० हजार रुपैयाँ थियो । सूर्यज्योति लाइफ इन्स्योरेन्सको १७ करोड ९२ लाख ७१ हजार रुपैयाँ छ । अघिल्लो पुसमा यस कम्पनीले २२ करोड २७ लाख ५ हजार रुपैयाँ संकलन गरेको थियो ।

बीमा कम्पनी  प्रथम बीमा शुल्क आर्जन  रकम (लाखमा) अन्तर %
२०८० पुस  २०७९ पुस
नेशनल लाइफ इन्स्योरेन्स 3,714.55 2,930.00 26.78
मेट लाइफ इन्स्योरेन्स 1,243.71 1,030.47 20.69
एशियन लाइफ इन्स्योरेन्स 2,186.55 1,904.50 14.81
नेपाल लाइफ इन्स्योरेन्स 5,622.74 4,442.77 26.56
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स 705.35 1,173.62 -39.90
हिमालयन लाइफ इन्स्योरेन्स 2,418.72 3,561.66 -32.09
एलआईसी नेपाल   2,399.15 2,906.25 -17.45
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स 1,562.39 2,100.99 -25.64
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स 1,586.50 1,620.84 -2.12
सिटिजन्स लाइफ इन्स्योरेन्स 1,708.86 1,576.75 8.38
आइएमई लाइफ इन्स्योरेन्स 1,713.28 1,783.14 -3.92
सूर्यज्योति लाइफ  इन्स्योरेन्स 1,792.71 2,227.05 -19.50
सन् नेपाल लाइफ इन्स्योरेन्स 1,426.13 1,447.59 -1.48
राष्ट्रिय जीवन बीमा कम्पनी 355.04 364.67 -2.64
जम्मा बीमाशुल्क 28435.68 29070.30 -2.18

प्राधिकरणको तथ्याङ्क अनुसार आईएमई लाइफ इन्स्योरेन्सले पुसमा १७ करोड १३ लाख २८ हजार रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सले १७ करोड ८ लाख ८६ हजार रुपैयाँ संकलन गरेको छ । २०७९ पुसमा आईएमई लाइफले १७ करोड ८३ लाख १४ हजार रुपैयाँ र सिटिजन लाइफले १५ करोड ७६ लाख ७५ हजार रुपैयाँ संकलन गरेको थियो । यो वर्षको पुसमा रिलायबल नेपाल लाइफ इन्स्योरन्सले १५ करोड ८६ लाख ५० हजार तथा सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले १५ करोड ६२ लाख ३९ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो पुसमा रिलायबलको १६ करोड २० लाख ८४ हजार रुपैयाँ र सानिमा रिलायन्सको २१ करोड ९९ हजार रुपैयाँ थियो ।

यसैगरी बीमा प्राधिकरणको तथ्याङ्क अनुसार सन् नेपाल लाइफ इन्स्योरन्सले २०८० पुसमा १४ करोड २६ लाख १३ हजार रुपैयाँ र मेट लाइफ इन्स्योरेन्स– १२ करोड ४३ लाख ७१ रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो पुसमा क्रमशः सन् नेपालको १४ करोड ४७ लाख ५९ हजार र मेट लाइफ इन्स्योरेन्सले १० करोड ३० लाख ४७ हजार रुपैयाँ संकलन गरेको थियो ।

पुसको तथ्याङ्क अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्सले ७ करोड ५ लाख ३५ हजार रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले पुसमा सबैभन्दा कम ३ करोड ५५ लाख ४ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । २०७९ पुसमा प्रभु महालक्ष्मीले ११ करोड ७३ लाख ६२ हजार रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ६४ लाख ६७ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो ।

प्रथम बीमाशुल्क के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम रकम (एफपिआर) हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमाशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् । त्यस्तै, थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नवीकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नविकरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरक/फरक हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।