अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको नाफा ४८% बढ्यो

0
Shares

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको खुद नाफा ४७.९० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कत वित्तीय विवरण अनुसार कम्पनीले ८ करोड ३९ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको कम्पनीको खुद नाफा ५ करोड ६७ लाख ५० हजार रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको दुद नाफा २ करोड ७१ लाख ८२ हजार रुपैयाँले बढेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ४२ करोड ८८ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा ४० करोड ८६ लाख १२ हजार रुपैयाँ आम्दानी गरेकोमा ४.९४ प्रतिशत वृद्धि भएको हो । कम्पनीको वित्तीय खर्च ३.८० प्रतिशतले घटेर १९ करोड ५५ लाख ८२ हजारमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४.२६ प्रतिशत बढेर ३८ करोड ३९ लाख ४७ हजार कायम भएको छ ।

पुस मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी १९.५३ प्रतिशत घटेर १६ लाख ८९ हजार कायम भएको छ । चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको कम्पनीको नाफासँगै वार्षिक प्रति सेयर आम्दानी पनि ४ रुपैयाँ ३ पैसाले बढेको छ । समीक्षा अवधिमा कम्पनीको इपीएस १२ रुपैयाँ ४३ पैसा छ। यस अवधिसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ ९९ रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात २७.७४ गुणा छ । पुस मसान्तसम्ममा कम्पनीको जगेडा कोष १९ लाख ३४ हजार रुपैयाँ ऋणात्मक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।