श्वेतगङ्गा हाइड्रोपावरको साढे ३८ लाख कित्ता सेयरको लकइन पिरियड फागुन २ मा सकिँदै

0
Shares

श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ३८ लाख ५१ हजार कित्ता सेयरको लक इन पिरियड आगामी फागुन २ गते सकिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीमा रहेको विदेशी लगानीकर्ता डोल्मा ईम्प्याक्ट–१ को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयरको लक इन अवधि सकिने जनाएको हो ।

कम्पनीका अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) र (१क) बमोजिम उक्त सेयरधनी संस्थाको नाममा रहेको कम्पनीको प्रति सेयर १०० रुपैयाँ दरका ३८ लाख ५१ हजार कित्ता सेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी रोक्का रहेको एक वर्षको लक इन अवधि फागुन २ गतेदेखि समाप्त हुने जनाएको हो ।

नियम अनुसार प्राइभेट इक्वीटि, भेन्चर क्यापिटल, हेज फण्ड वा यस्तै प्रकारको कोषको रुपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको वा नेपालमा लगानी गर्न प्रचलित कानुन बमोजिम स्वीकृति प्राप्त विदेशी सरकारको लगानी रहेको संस्थाको स्वामित्वमा रहेको धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन गरेको शेयर बाँडफाँट भएको मितिले एक वर्षको अवधि पूरा भएपश्चात् बिक्री गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार कम्पनीको लक इन पिरियड सकिन लागेको हो । तर कर्मचारी र प्रभावितको सेयरको लक इन पिरियड खुल्न भने २०८२ साउन १९ गते मात्र सकिने छ ।

मंगलबार कम्पनीको सेयर मूल्य ३३१ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।