भार्गव विकास बैंकको २ लाख ६४ हजार कित्ता बोनस सुचिकृत


भार्गव विकास बैंकले गत आर्थिक वर्षको नाफावाट सेयरधनीलाइ वितरण गरेको बोनस सेयर कारोबारका लागि नेपला स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत भको छ । ।

बैंकले सेयरधनीलाइ लाभांस स्वरुप वितरण गरेको २ लाख ६४ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकरण गरेको हो । बैंकको बोनस सेयर अब सेयरधनीले खरिद बिक्री गर्न सक्छन । बैंकको चुक्ता पुँजी हाल ५० करोड १६ लाख रुपैयाँ पुगेको छ ।