सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले २ लाख ८७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर प्रति कित्ता न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको छ । कम्पनीको सेयरमा जुनसुकै व्यक्ति कम्पनी वा संस्थाहरुले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले फागुन ३ गतेसम्म बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्ने छन् ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ ।

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ ।

तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलवमा (खण्डित रुपमा) आउने गरी शेयर आवेदन गर्न पाइने छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।