हिमालयन रिको ३० कित्ताभन्दा कम सेयर हुनेले बोनस पाउन अर्को वर्षको लाभांशसम्म पर्खनुपर्ने

0
Shares

हिमालयन रिइन्स्योरेन्सले न्यून लाभांश प्रस्ताव गरेपछि प्रिमियम मूल्यमा कम्पनीको आईपीओ भरेका लगानीकर्ताले यो वर्ष लाभांश नपाउने भएका छन् ।

सर्वसाधारणबाट प्रतिसेयर १०६ रुपैयाँ प्रिमियम सहित २०६ का दरले उठाएको कम्पनीले सर्वसाधारणलाई ४ प्रतिशत बोनस वितरणको प्रस्ताव गरेको छ । यस हिसाबले कम्पनीको ३० कित्ता वा सो भन्दा बढी सेयर हुने लगानीकर्ताले मात्रै यो वर्षको लाभांश डिम्याट खातामा पाउनेछन् । २० कित्तासम्म आईपीओ हात पारेका लगानीकर्ताले बोनसको रुपमा खण्डित रुपमा मात्र सेयर पाउने भएकाले कम्पनीले अर्को वर्षमा दिने बोनस जोडेर मात्र एकमुष्ट रुपमा सेयर हात पार्नेछन् ।

कुनै पनि कम्पनीले पूर्ण अंकमा कायम नभई सेयर लगानीकर्तालाई बोनस खातामा पठाउनेगर्दैन । यसअनुसार १०कित्ता सेयर हुनेले ०.४० कित्ता र २० कित्ता सेयर हुनेले ०.८० कित्ता बोनस पाउने हुन्छ । ३० कित्ता सेयर हुनेले १.२ कित्ता बोनस पाउने हुँदा १ कित्ता बोनस डिम्याट खातामा पाउनेछन् भने ०.२० कित्ता बोनस पाउन अर्को वर्षको बोनस पर्खनुपर्ने हुन्छ । ५० कित्ता सेयर हुनेले भने २ कित्ता बोनस पाउनेछन् ।

हिमालयन रिले  सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र सो बोनसको कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समिति बैंठकले सो लाभांश वितरणको प्रस्ताव गरेको हो । आईपीओ खरिद रकमका हिसाबले कम्पनीको लाभांश १.९४ प्रतिशत बराबर हुन आउँछ । यद्यपी कम्पनीको प्रिमियम फिर्ता गर्नुपर्ने मुद्दा अदालतमा फैसला हुने क्रममा रहेको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।