नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणमा सेयर निष्काशन गर्ने


नेपाल माइको इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा सेयर निष्काशन गर्ने भएको भएको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न फाल्गुन २१ गते सोमबार वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभा कम्पनीको प्रधान कार्यालय, महर्जन कम्प्लेक्स, भरतपुर, चितवनमा बिहाने ११ बजे सुरु हुने छ । सभाले कम्पनीको चुक्ता पूँजीको ७५ करोडको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव पारित गर्ने विषेश प्रस्ताव पारित गर्ने छ ।

यस्तै, सभाले सेयर निष्काशनमा आवश्यक कार्यका लागि संचालक समितिले अख्तियारी लिने सम्बन्धमा पनि छलफल गर्ने छ । यस्तै, सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९\८० को प्रथम वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।