एनआईसी एशिया लघुवित्तको नाफामा उच्च गिरावट, खराब कर्जा १३.७६ प्रतिशत

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ११ लाख ६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.२६ प्रतिशत कम हो ।

चालु आवको पहिलो ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खराब कर्जा उल्लेख्य बढेका कारण खुद नाफा घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ९२ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लघुवित्तको वितरणयोग्य मुनाफा २६ करोड ३५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रति सेयर आम्दानी १५ रुपैयाँ १५ पैसा रहेको छ । चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ६ करोड ३९ लाख ५८ हजार रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा लघुवित्तको प्रति सेयर आम्दानी १७ रुपैयाँ ८ पैसा घटेर १३ पैसामा झरेको छ ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १६ अर्ब ४२ करोड ४३ लाख ८५ हजार रुपैयाँ निक्षेप तथा सापटीबाट १६ अर्ब ५५ करोड ६ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तको खुद ब्याज आम्दानी समीक्षा अवधिमा २७.०८ प्रतिशत घटेर ३९ करोड ९३ लाख २८ हजार रुपैयाँमा झरेको छ । त्यसैगरी लघुवित्तको सञ्चालन मुनाफा ८९.६२ प्रतिशत घटेर २ करोड २१ लाख १५ हजारमा सीमित बनेको छ ।

पुस मसान्तसम्ममा लघुवित्तको खराब कर्जा ३.३८ प्रतिशतबाट बढेर १३.७६ प्रतिशत पुगेको छ । यस्तै इम्पेरिमेन्ट चार्ज बढेर ५ करोड ६४ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत आवमा लघुवित्तको २ करोड १३ लाख रुपैयाँ फिर्ता भएको थियो ।

पुससम्म लघुवित्तको कस्ट अफ फन्ड ९.८२ प्रतिशत र आधारदर १४.८४ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।