लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारण सभा


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले फागुन ३० गते निसारा रिसेप्सन, भगवती बहाल, काठमाण्डौमा विहान ११ बजे साधारण सभा आह्वान गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रस्तावित नगद लाभांशमा लाग्ने कर समेत गरी चुक्ता पुँजीको ११ प्रतिशत लाभांश स्वीकृत गर्ने छ ।

यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै २०७९ फाल्गुन १६ गतेसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह सहितको वित्तीय विवरण तथा सो संग सम्बन्धित अनुसूचिहरु छलफल गरी पारित गर्ने छ ।

यस्तै सभाले लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०७०\०६१ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने छ ।इन्स्योरेन्सले वार्षिक साधारण सभा प्रयोजनका लागि फागुन ११ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार फाल्गुन १० गते सम्म नेपाल स्टक एक्सचेन्जमा कारोवार भएका शेयरहरु मात्र साधारण सभा तथा नगद लाभांश प्रयोजनको लागि योग्य रहने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।