अध्यागमन विभागका प्रमुखसहित १८ जना विरुद्ध अख्तियारको मुद्धा, मेलम्ची खानेपानीमा भ्रष्टाचार


मेलम्ची खानेपानी आयोजनामा अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ सहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । निर्माण कम्पनीलाई काम नै नगरी रकम भुक्तानी गरेको आरोप सहित अख्तियारले अदालतमा उनीहरु विरुद्ध मुद्धा दर्ता गरेको हो ।

अख्तियारले अनियमितताको आरोपमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्याय सहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको जनाएको छ । आयोगले आइतबार विषेश अदालतमा पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा गजेन्द्र ठाकुर लगायतलाई प्रतिवादी बनाउँदै मुद्धा दर्ता गरेको हो ।

अध्यागमन विभागका महानिर्देशक तामाङ बिरुद्ध अख्तियारले ११ करोड ०९ लाख १७ हजार ४ सय ५८ रूपैयाँ बिगो माग दाबी गरेको छ । उनी तत्कालीन अवस्थामा मेलम्ची खानेपानी विकास समितिको सञ्चालक समिति सदस्य हुँदा आर्थिक अनियमितता गरेको अख्तियारले जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भिम उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ बिगो माग दाबी सहित मुद्धा दर्ता गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्द पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १ सय ७८ रूपैयाँ बिगो माग दाबी गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशहकरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कडेल सहित १५ जना नेपाली र तीन विदेशी परामर्शदाता पनि सो अनियमिततामा जोडिएकाले प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

कसलाई कति बिगो माग ? यस्तो छ सूची

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।