बैंकिङ क्षेत्र राष्ट्र बैंकको निगरानीमा भएकाले सर्वसाधारणको निक्षेप सुरिक्षत छ, हेरौं कुन बैंक कस्तो ?

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको निगरानी गरीराखेको हुनाले सर्वसाधारणको निक्षेप सुरक्षीत रहेको जनाएको छ। केही अराजक समुहले वित्तीय क्षेत्रको दुष्प्रचार गरी सर्वसाधारणलाई भड्काउने प्रयास गरेपछि केन्द्रीय बैंकले मौनता तोड्दै आम जनताको निक्षेप सुरक्षीत रहेको जनाएको हो ।

पछिल्ला दिनहरुमा मेडिकल व्यवसायी दुर्गा प्रसाइले एनआइसी एसिया बैंकको सन्दर्भमा दिएका अभिव्यक्तिले समग्र वित्तीय प्रणाली त्रसित भएको छ । सोही विषयलाई लिएर केन्द्रीय बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै भ्रामक अभिव्यक्ति तथा दुष्प्रचारप्रति ध्यानकर्षण गराएको छ । “सञ्चालनमा रहेका बैंक वित्तीय संस्थाहरूको पुँजी, कर्जा निक्षेप एवम् तरलता लगायतका परिसूचकहरू तोकिएको सीमा भित्र रहेकाले निक्षेपकर्ता त्रसित हुनुपर्ने अवस्था छैन,” केन्द्रीय बैंकको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्ला दिनहरुमा प्रसाइले एनआइसी एसिया बैंकलाइै केन्द्रमा राखेर समग्र बैंकिङ प्रणाली विरुद्धमा दिएको अभिव्यक्तिले सर्वसाधारणको विश्वास कमजोर बनाउन खोजेको देखिन्छ । तर, चालु आर्थिक वर्षको पुसमसान्तसम्मको तथ्याङकलाई आधार मान्द एनआइसी एसिया बैंक उत्कृष्ट तेस्रोमा देखिएको छ । बैंकहरुको कर्जा निक्षेप अनुपात, तरलता, लगानीमा प्रतिफल तथा सम्पत्तिको गुणस्तरका आधारमा एनआइसी एसिया बैंक तेस्रो स्थानमा देखिएको छ ।

अर्थतन्त्रको दिगो विकासमा सहयोग पु¥याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने जिम्मेबारी केन्द्रीय बैंककोे हो । सोही बमोजिम बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा केन्द्रीय बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा छन् ।

केन्द्रीय बैंकले ती बैंक तथा वित्तीय संस्थाको नियमित निरीक्षण र सुपरिवेक्षण गर्दै आएको छ । केन्द्रीय बैंकले निरीक्षण÷सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ । बैंकिङ क्षेत्र सक्षम र सबल रहेको जनाउदै केन्द्रीय बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ,“यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ ।” साथै केन्द्रीय बैंकले भ्रम तथा दुष्प्रचारको पछाडि नलागी ढुक्कसँग बैंकिङ कारोबार गर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

प्रसाइको अभिव्यक्तिका कारण एनआइसी एसिया बैंकको निक्षेप झिकिने क्रम बढेपछि ‘बैंक रन’ हुने जोखिम बढ्यो । त्यसपछि बैंकिङ क्षेत्रको गलत अभिव्यक्ति प्रति चौतर्फि विरोध भयो । केन्द्रीय बैंकले पनि सर्वसाधारणलाई भ्रममा नपर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । तर, बास्तवीकतामा बैंकको निक्षेप घटेको ब्याजदर घटाएका कारणले हो । वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै बैंकहरुले ब्याजदर घटाउन थाले । कर्जा लगानी विस्तार हुन नसकेको अवस्थामा उच्च लागतको स्रोत संकलनलाई निरुत्साहित गर्दा निक्षेप घटेको हो । यसलाई सर्वसाधारणमा गलत तरिकाबाट ब्याख्या गर्दै बैंकमा समस्या आएको र निक्षेप जोखिममा रहेको भन्ने हल्ला फिजाइयो । जुन गलत हो ।

चालु आर्थिक वर्षको पुससम्ममा बैंकहरुको खराब कर्जा बढेको सत्य हो । तर, बैंकहरुले उक्त खराब कर्जालाई व्यवस्थापन गर्न नसक्ने अवस्था होइन । बैंकहरुको अहिलेको बढेको खराब कर्जा केन्द्रीय बैंकले तोकेको ५ प्रतिशतको सीमा भित्रै अर्थात ३.६३ प्रतिशत छ । दक्षिण एसियाको सन्दर्भमा नेपाली बैंकिङ क्षेत्रको खराब कर्जा सबैभन्दा न्यून हो । छिमेकी राष्ट्र भारतका वाणिज्य बैंकहरुको औसत खराब कर्जा अनुपात ५ प्रतिशतको हाराहारीमा छ ।

बैंकहरुको चालु आर्थिक वर्षको पुससम्ममको तथ्याङकका आधारमा एनआइसी एसिया बैंक सञ्चालनमा रहेको २० मध्ये दोस्रो र तेस्रो बलियो बैंकको रुपमा देखिएको छ । पुँजी कर्जा निक्षेप अनुपातलाई आधार मान्द एनआइसी एसिया बैंक दोस्रो स्थानमा छ भने तरलतालाई आधार मान्दा तेस्रो स्थान रहेको छ ।

चालु आर्थिक वर्षको पुससम्ममा पुँजी कोष अनुपात १२.२१ प्रतिशत रहेको छ । त्यसैगरी बैंकको खराब कर्जा १.१९ प्रतिशत रहेको छ । चालु आवको सो अवधिमा बैंकको लगानीमा प्रतिफल १३.३१ प्रतिशत रहेको छ भने तरलता अनुपात २७.७३ प्रतिशत रहेको छ । त्यसैगरी सो अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७७.१८ प्रीतशत रहेको छ । यो तथ्याङकका आधारमा एनआइसी एसिया बैंक सञ्चालनमा रहेका २० मध्ये तेस्रो स्थानमा छ । बैंकहरुको रेटिङ गर्ने प्रणाली क्यामेल्समा व्यवस्थापन र बजार संवेदनशीलता बाहेकका सुचकहरुको विश्लेषण गरिएको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको नियामकीय मापदण्ड अनुसार खराब कर्जा ५ प्रतिशत भन्दा माथि हुनु हुँदैन । त्यसैगरी पुँजीकोष ११ प्रतिशत हुनै पर्छ । तर, पुँजी कोष अनुपातलाई २० वा २० भन्दा माथि हुनु स्तरीय मानिन्छ । केन्द्रीय बैंकले तरलता न्यूनतम २२ प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ भने कर्जा निक्षेप अनुपात बढीमा ९० प्रतिशत हुनुपर्छ । सेयरधनीको पुँजीमा हुने प्रतिफल जति धेरै भयो बैंकको कार्यसम्पदान तथा लगानीको अवस्था त्यति नै सकारात्मक हुन्छ । बैंकको  सम्पत्तिको गुणस्तर खराब कर्जाले प्रष्ट बनाउँछ । सो सन्दर्भमा पनि एनआइसी एसिया बैंकको अवस्था कमजोर देखिदैन ।

एनआइसी एसिया बैंक मात्र नभई सबै बैंकले नियामकीय मापदण्ड भित्र रहेका बैंक सेवा प्रदान गर्दे आएको तथ्याङकले देखाएको छ । त्यसैले पनि केन्द्रीय बैंकले वित्तीय क्षेत्रमा हल्ला र भ्रम फैलाएर समस्या सृजना गर्न खेजिएको भन्दै ध्यानकर्षण गरेको स्पष्ट हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।