नारायणी डेभलपमेन्ट बैंकद्धारा आधारभूत सेयरधनीहरुलाई रकम जम्मा गर्न आग्रह

0
Shares

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । सर्वसाधारणमा हकप्रद जारी गनुभन्दा अघि बैंकले एक सूचना जारी गर्दै आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

बैंकले आधारभूत सेयरधनीहरुलाई फागुन १५ गतेसम्म प्रतिसेयर १०० रुपैयाँका दरले हकप्रद सेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो । बैंकले यसअघि गत पुस २२ गते आफ्नो हकप्रद बापतको रकम जम्मा गर्न पत्राचार गरेपनि केहि आधारभूत सेयरधनीहरुले हालसम्म पनि हकप्रद बापतको रकम जम्मा नगरेको बैंकले जनाएको छ ।

बैंकले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत पुस १९ गते एक बराबर एक अनुपात (शतप्रतिशत) मा हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको थियो । बैंकको विसं २०७९ असार ८ गते सम्पन्न विशेष साधारण सभाबाट १ः१ अनुपातको हकप्रद सेयर पारित भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।