दोल्ती पावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले ब्यहोरे घाटा

0
Shares

दोल्ती पावर कम्पनी लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नोक्सानी ब्यहोरेका छन् ।

सार्वजनिक आव २०८०–८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार भूगोल इनर्जी १ करोड १४ लाख ५६ हजार रुपैयाँ र दोल्ती पावर कम्पनी ९८ लाख ७२ हजार रुपैयाँ घाटामा रहेको छ । विद्युत बिक्री आम्दानीमा भएको वृद्धिका कारण अघिल्लो पुसको तुलनामा दुबै कम्पनीले घाटा भने कम भएको हो ।

गत आवको दोस्रो त्रैमाससम्म भूगोल इनर्जीले २ करोड २३ लाख ४५ हजार रुपैयाँ घाटामा रहँदा दोल्ती पावर पनि ३ करोड ९९ लाख ३५ हजा रुपैयाँ घाटामा थियो । विद्युत बिक्री आम्दानी बढेपनि दुबै कम्पनीको जगेडा कोष भने ऋणात्मक छ ।  पुस मसान्तसम्ममा दोल्ती पावरले विद्युत बिक्री मार्फत हुने आम्दानी ४.९३ प्रतिशतले वृद्धि गर्दै ५ करोड ८३ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको यसै अवधिमा ५ करोड ५६ लाख ७ हजार रुपैयाँ थियो ।

चुक्ता पुँजी ५३ करोड ६४ लाख ८६ हजार रहेको दोल्तीको जगेडा कोष १५ करोड ३९ लाख ७४ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ ।अघिल्लो आवको यसै अवधिमा ७ करोड ९८ हजार ऋणात्मक रहेको थियो । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६८ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ३० पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१० रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात ९५.५२ गुणा ऋणात्मक छ ।

दोल्तीको साधारण तथा प्रशासनिक खर्च ७३ लाख १७ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल सम्पत्ति १ अर्ब १२ करोड ८९ लाख रुपैयाँ र चालु सम्पत्ति १२ करोड ८८ लाख रुपैयाँ छ । कम्पनीको दीर्घकालिन ऋण ७० करोड २५ लाख रुपैयाँ छ ।

यसैगरी भूगोल इनर्जीले पुसम्ममा अघिल्लो आवको सोहि अवधिको तुलनामा ११६.२१ प्रतिशतले वृद्धि गर्दै विद्युत बिक्रीबाट ३ करोड ७१ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी १ करोड ७१ लाख ८१ हजार रुपैयाँ थियो ।

चुक्ता पुँजी ५३ करोड ६४ लाख ८६ हजार रहेको भुगोल इनर्जीको जगेडा कोष २१ करोड ६८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । गत आवको सोहि अवधिसम्म पनि कम्पनीको कोष १४ करोड २२ लाख रुपैयाँले ऋणात्मक नै थियो ।

पुस समान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २१ पैसा ऋणात्मक छ । यस्तै प्रतिसेयर नेटवर्थ ६० रुपैयाँ १४ पैसा छ । कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६७ रुपैयाँ ९७ पैसा र मूल्य आम्दानी अनुपात ८९.५४ गुणा ऋणात्मक छ ।

कम्पनीको साधारण तथा प्रशासनिक खर्च ५८ लाख ६५ हजार र वित्तीय खर्च ३ करोड ५ लाख २३ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल सम्पत्ति ९१ करोड ३८ लाख रुपैयाँ र चालु सम्पत्ति २६ करोड ५५ लाख रुपैयाँ छ । भुगोल इनर्जीको कम्पनीको अल्पकालिन ऋण २० लाख रुपैयाँ र दीर्घकालिन ऋण ५३ करोड १५ लाख रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।