‘९% नबिल डिवेन्चर २०८७’ नेप्सेमा सूचीकृत

0
Shares

‘९% नबिल डिवेन्चर २०८७’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । बैंकले जारी गरेको ३ अर्ब मूल्यको ३० लाख कित्ता डिबेञ्चर बुधबार सूचीकृत भएको हो ।

फागुन १६ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नबिल बैंकबीच ७ वर्ष अवधि तथा ९% वार्षिक व्याजदर भएको नबिल डिवेन्चर २०८७ सूचीकृत गर्ने सम्बन्धमा सम्झौता भएको हो । बैंकको क्रम संख्या १ देखि ३० लाख सम्मको अंकित तथा चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको कुल ३० लाख कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

बैंकले कुमारी क्यापिटल लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सर्वसाधारण समक्ष उक्त ऋणपत्रको बिक्री आह्वान गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम फागुन ८ गतेको निर्णयानुसार स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिएको हो ।

धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेप्सेमा बैंकको ऋणपत्रको दोस्रो बजारको कारोबार सुरु हुनेछ । बैंकको कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका, वडा नम्बर ०१ दरबारमार्गमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।