कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न

0
Shares

कुमारी क्यापिटलले निष्कासन गरेको कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी सबल योजनाको इकाई सर्वसाधारणलाई आज बाँडफाँड गरिएको हो ।

गत माघ २८ गतेदेखि फागुन १३ गतेसम्म प्रतिइकाई रु १० दरको १० करोड इकाईको १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्धक कम्पनी कुमारी बैंकलाई र १५ ले हुन आउने बिजपूँजी वापतको १० लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी सार्वजनिक निष्काशन मार्फत ८ करोड ५० लाख इकाई निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १४ प्रतिशत विजपूँजी वापतको १ करोड ४० लाख इकाई कोष प्रवद्धक कम्पनी र १ ९एक० प्रतिशत बिजपूँजीवापतको १० लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदकहरुलाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

उक्त इकाई आज कुमारी क्यापिटलको नागपोखरी नक्सालमा रहेको काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँड गरिएको हो ।

जम्मा आवेदन दिने २९ हजार १६० जनामध्ये रितपुर्वक आवेदन दिने २९ हजार १३४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरियो र दोहोरो आवेदन दिने २६ जना आवेदकहरुको आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।