सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरोको मूल्यमा वृद्धि


सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । अमेरिकी डलरको भाउ आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४३ रुपैयाँ ४५ पैसा र बिक्री दर १४४ रुपैयाँ १० पैसा रहेको छ । आइतबार युरोको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा रहेको थियो ।

सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा र बिक्री दर १६८ रुपैयाँ २१ पैसामा कारोबार भइरहेको छ । यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३४ पैसा र बिक्री दर ८६ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, सोमबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८९ पैसा र बिक्री दर २८ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै, साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २९ पैसा र बिक्री दर ३५ रुपैयाँ ४५ पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ फागुन २०८०, सोमबार  ०७ : २२ बजे