सिटिजन्स लाइफ इन्स्योरेन्सको बोनस डिम्याट खातामा जम्मा


सिटिजन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।

कम्पनीको माघ १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित भएको बोनस सेयर साधारण सभा प्रयोजनका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिन पुस २८ गतेसम्म कायम सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको हो ।

सातौं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । पुस २८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सक्ने सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।