एचआइडीसीएलले सेयरधनीहरूको खातामा पठायो नगद लाभांश

0
Shares

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले सेयरधनीहरूको खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ ।
एचआइडीसीएलले गत वर्षको नाफाबाट प्रस्ताव गरेको कर सहित ५.२६ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।

कम्पनीको पुस २९ गते बसेको साधारण सभाले चुक्ता पुँजीको ५.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश सेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको सम्बन्धि बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत पुस १८ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार पुस १७ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र कम्पनीको नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

साथै, हालसम्म लाभांश जम्मा नभएका सेयरधनीहरुलाई कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्ने भनेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नक्साल रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।