महिला लघुवित्तको अध्यक्षमा तारा कुँवर

0
Shares

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा तारा कुँवर चयन भएकी छिन् । संस्थाको छैटौं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरू मध्येबाट कुँवरलाई अध्यक्ष चयन गरिएको कम्पनीले जानकारी दिएको छ ।

साधारणसभा पश्चात् आइतबार बसेको सञ्चालक समितिको ७३ औं बैठकले कुँवरलाई अध्यक्ष चयन गरेको हो । धुलिखेल काभ्रेमा आईतबार सम्पन्न भएको सभाबाट संस्थापक तर्फबाट पुन: तारा कुँवर, इमान सिंह गुरुङ, सुभाष जमरकटेल र माया भण्डारी संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।

आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन, सभामा लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण, लेखापरीक्षक नियुक्ति रा पारिश्रमीक निर्धारण प्रताव पारित गरेको छ । त्यस्तै, सभाले अर्को लघुवित्तसँग मर्जरमा जान मूल्यांकनकर्ता नियुक्त गर्ने सम्पुर्ण अधिकार सञ्चलक समितिलाई दिने र संचालकहरुको बैठक भत्ता तथा अन्य सविधा बढाउने लगायतको प्रस्ताव पारित भएको छ ।

सभाको प्रमुख अथिति महिला अधिकार तथा विकास केन्द्रको अध्यक्ष तथा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक अध्यक्ष एवम् पूर्व सांसद तुलसी थापा रहेका थिए । सभा कम्पनीका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले सञ्चालन गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।