विन नेपाल लघुवित्तको कम्पनी सचिवमा जीवन खनाल

0
Shares

विन नेपाल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा जीवन खनाल नियुक्त भएका छन् । कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार खनाललाई कम्पनी aसचिव नियुक्त गर्ने निर्णय भएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत खनाललाई फागुन २७ गतेबाट नै लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

बनेपामा केन्द्रीय कार्यालय रहेको विन नेपाल लघुवित्तमा २०८० मङ्सिर पहिलो साता काठमाडौं निवासी खनाल आगामी ४ वर्षका लागि कम्पनीको सीईओ नियुक्त भएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।