एक विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ। स्टकका अनुसार लुम्बिनी विकास बैंकको बोनस सेयर आज मंगलबार सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी विकास बैंकको चुक्ता पुँजीको ४ प्रतिशत बराबरको १३ लाख ५३ हजार १२८ दशमलव ५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षबाट सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांश गरी कुल ८.५० प्रतिशत लाभांश प्रदान गरेको थियो । सोहि बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

गत पुस २६ गते सम्पन्न भएको बैंकको १६ औं वार्षिक साधारण सभाका लागि बैंकले पुस १७ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार बैंकको बोनस सेयर पुस १६ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र पाउनेछन् ।

मंगलबार नेप्सेमा सूचीकृत बैंकको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीले आफ्नो डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजार नेप्से मार्फत खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।