एनआईसी एशिया बैंकले ३१ ठाउँको घरजग्गा बिक्री गर्दै, शिलबन्दी बोलपत्र आह्वान


एनआईसी एशिया बैंकले आफ्नो नाममा दर्ता भएको गैरबैंकिङ सम्पत्ति (घरजग्गा) बिक्री गर्ने भएको छ । बैंकले देशका ३१ ठाउँमा रहेका घरजग्गा लिलाम बिक्री गर्न बुधबार शिलबन्दी बोलपत्र आह्वान गरेको हो । बैंकले काठमाण्डौं, रौतहट, भौरहवा, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, सिरहालगायत ठाउँमा रहेको सम्पत्ती बिक्री गर्ने भएको हो ।

बैंकले मालपोत कार्यालय साँखु काठमाडौको लगतमा दर्ता कायम रहेको काठमाडौ जिल्ला, नयाँपाठी गा.वि.स वडा नं. ७ (हाल गोकर्णेश्वर न.पा. वडा नं. २) स्थित कित्ता नं. ४७६ र १३२६ को क्षेत्रफल क्रमशः ०६–२–०र०–३–०–२ (रोपनी) को घरजग्गा बिक्रीमा ल्याएको छ ।

यस्तै, बैंकले काठमाडौंको लगतमा दर्ता कायम रहेको काठमाडौं जिल्ला जोरपाटी गा.वि.स वडा नं. १ (हाल गोकर्णेश्वर न.पा. वडा नं. ५, मकवानपुरको लगतमा दर्ता कायम रहेको मकवानपुर, रौतहटको लगतमा दर्ता कायम रहेको रौतहट जिल्ला, सरगुजवा गा.वि.स. वडा नं. २ लगायतका जग्गा बिक्रीमा ल्याएको हो ।

घरजग्गामा आवेदन दिन इच्छुक लगानीकर्ताले आज (फागुन ३०) गतेदेखि ७ दिनभित्र आवेदन दिन सक्ने छन् । बोलपत्र सम्बन्धी शर्तबन्देजसहितको बोलपत्र फारम बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग त्रिपुरेश्वरबाट एक हजार रुपैयाँ तिरेर प्राप्त गर्न सकिने छ ।

यस्तै बैंकले बिक्री गरिने सम्पतिको नक्सा, फिल्ड नक्सा, क्षेत्रफल नेपाल सरकार तथा सो मातहतका निकायले तोकेको मापदण्ड आदिको बारेमा बोलपत्रदाता स्वयम्ले नै यकिन गरी बोलपत्र पेश गर्नुपर्ने जनाएको छ ।

बोलपत्र पेश गर्ने अन्तिम दिनको भोलिपल्ट दिनको ३ बजे यस बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधा भवन, त्रिपुरेश्वर, काठमाडौंमा बोलपत्र खोलिने पनि बैंकले जनाएको छ । उक्त दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको दिन सोही समय बोलपत्र खोलिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।