वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण शुल्क बढाएको विषयमा अध्ययन गर्न समिति गठन


वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण शुल्क बढाएको विषयमा अध्ययन गर्न समिति गठन गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा, दक्षिण कोरियामा ई–७ भिसामा कामदार पठाउने, विभिन्न देशबाट कामदार माग भई आएकोमा मन्त्रालयबाट माग प्रमाणीकरण गर्ने लगायतका विषयमा अध्ययन गर्न भनेर उक्त समिति गठन गरिएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न सञ्चारका माध्यममा आएका समाचार, श्रमिक/कामदार स्वयंबाट आएका गुनासा एवम् सरोकारवालाहरुको चासो र सुझाव समेतलाई मध्यनजर गर्दै यी विषयहरुमा अध्ययन गरी २१ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा ३ (तीन) सदस्यीय समिति गठन भएको छ ।’

समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती निर्णय तथा विवादहरूको समीक्षा गरेर निर्णय कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीबाट आएको निर्देशन, विभिन्न सञ्चारका माध्यममा आएका समाचार, श्रमिक\कामदार स्वयंबाट आएका गुनासा एवम् सरोकारवालाहरुको चासो र सुझाब समेतलाई मध्यनजर अध्ययन गर्न समिति गठन गरेको हो । उक्त विषयहरुमा अध्ययन गरी २१ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न २१ दिनको समय दिइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।