सिद्धार्थ प्रिमियरको पब्लिक डिरेक्टरमा सुमित केडिया नियुक्त


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा सुमित केडिया नियुक्त भएका छन् । २०८० फागुन ३० गते काठमाडौंमा सम्पन्न भएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभाबाट सुमित केडिया पब्लिक डिरेक्टर नियुक्त भएका हुन् ।

विगत लामो समयदेखि इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्दै आएका व्यक्ति हुन् ।

सुमित केडियाको संलग्नतामा सिद्धार्थ प्रिमियरले आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरी नेपाली बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउन आवश्यक नीतिगत निर्णयहरु लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार  ०८ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।