साल्ट ट्रेडिङ्ग कर्पोरेशनले लाभांस प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । सभाले चैत्र २३ गते शुक्रवार, त्रिभूवन आर्मी अफिसर्स् क्लव भद्रकालि काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले ५७ औं वार्षिक साधारणसभाका लागि आर्थिक बर्ष २०७९\२०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । यस्तै, सभाले आर्थिक वर्ष २०७९\२०८० को लेखापरिक्षकको प्रतिवेदन सहित सोही आ.व. को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ९ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया