रुरु जलविद्युत परियोजनाको सेयरको ‘लकइन अवधि’ सकिँदै

0
Shares

रुरु जलविद्युत परियोजना लिमिटेडको ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लकइन अवधि आगामी बैशाख पहिलो साता सकिने भएको छ ।
कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित बासिन्दा, र कर्मचारीलाई सुरक्षित गरिएको गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लकइन अवधि २०८१ वैशाख ३ गतेदेखि सकिन लागेको हो ।

कम्पनीका अनुसार लकइन सकिने सेयरमा संस्थापक समुहको ३९ लाख ४५ हजार ८८८ कित्ता, आयोजना प्रभावितलाई निष्काशन गरिएको ४ लाख ८९ हजार २४५ कित्ता, र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८५८ कित्ता सेयर रहेको छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) २०७८ वैशाख ३ गते बाँडफाँड भएको थियो । सर्वसाधारणमा निष्कासन भएको तीन वर्षपछि जलविद्युत कम्पनीहरुको संस्थापक सेयर, आयोजना प्रभावित बासिन्दा, र कर्मचारीलाई सुरक्षित गरिएको सेयरको लकइन सकिने प्रावधान रहेको छ ।

कम्पनीको नेप्सेमा कुल ४९ लाख ३३ हजार २३६ कित्ता सेयर सूचीकृत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।