शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २२ पैसा


शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ ।

शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसामा कारोबार भइरहेको छ । यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६२ पैसा र बिक्री दर ८८ रुपैयाँ ०१ पैसा रहेको छ । शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा र बिक्री दर २८ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २६ पैसा र बिक्री दर ३५ रुपैयाँ ४२ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ चैत २०८०, शुक्रबार  ०७ : ५४ बजे