सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले पौष २१ गतेसम्म कायम शेयरधनीहरुका लागि १ः१ शेयरको अनुपातमा प्रति शेयर १०० रुपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयरको निष्काशन गरिएकोमा ७६ हजार २०० जना शेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको थियो ।
कम्पनीले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो।
उक्त शेयरमा आवेदन दिन इच्छुकले चैत १२ गतेदेखि २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया