क्रेस्ट माइक्रो लाइफको साधारण सभा सम्पन्न, आईपीओ ल्याउने प्रस्ताव पारित

0
Shares

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको रजिष्ट्रर्ड कार्यालय सुर्खेतमा सम्पन्न भएको प्रथम वार्षिक साधारण सभाले सर्वसाधारणलाई कम्पनीको साधारण सेयर निष्काशन गर्ने तथा सो कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै उक्त सभाबाट सभामा संस्थापक समुहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको सञ्चालक पदमा र्निविरोध निर्वाचित भएका छन्र ।साथैे यसअघि नै स्वतन्त्र सञ्चालकमा पवित्र लाल चुकेलाई नियुक्त गरेको थियो ।

कम्पनीको प्रथम वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेको सर्वसम्वत पारित गरेको छ ।

सभाले आव २०७९—८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आव २०८०—८१ को लागि बाह्य लेखापरीक्षको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ । प्रथम वार्षिक साधारण सभामा प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठबाट स्वागत मन्तब्य ब्यक्त गरेको उक्त सभामा उपस्थित सेयरधनीहरु तथा अन्य उपस्थित ब्यक्तिहरुको लागि कम्पनीको प्रगतीको बारे जानकारी गराउँदै, नव निर्वाचित सञ्चालक सदस्यहरुलाई शुभकामना तथा बधाई दिंदै संस्थाका अध्यक्षले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन सहित सभा विसर्जनको घोषणा गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।