‘कुमारी सबल योजना’ को ७ करोड ४४ लाख इकाई सूचीकृत, बुधबारदेखि कारोबार खुल्ने

0
Shares

कुमारी सबल योजना ७ करोड ४४ लाख ७५ हजार ७० कित्ता इकाई मंगलबार नेप्सेमा सूचीकृत भएको छ । फन्डको दोस्रो बजारमा इकाई कारोबारका लागि नेप्सेले ‘केएसवाइ’ कारोबार संकेत दिएको छ ।

कुमारी लगानी कोष अन्तर्गत रहेको ‘कुमारी सबल योजना’ ले गत माघ २८ गतेदेखि फागुन १३ गतेसम्म योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको थियो । जसमध्ये २५.५२ प्रतिशत इकाई अवितरित भएको थियो ।

बिक्री भएको ७४.४८ प्रतिशत बराबरको कुमारी सबल योजनाको इकाई मात्र आज नेप्सेमा सूचीकरण गरिएको हो । सूचीकरण सम्झौतामा आज नेप्से र कुमारी क्यापिटलबीच सहमति भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको इकाईमध्ये धितोपत्र सूचीकरण नियमावली, २०७५ बमोजिम सूचीकृत भएको हो । मंगलबार सूचीकृत भएसँगै म्युचुअल फन्डको इकाई भोलि बुधबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

कुमारी सबल योजनाको योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।