मंगलबार पनि घटेर बन्द भयो सेयर बजार

0
Shares

लगातार तीन दिनको गिरावटपछि सोमबार झिनो अंकले बढेको सेयर बजार मंगलबार पुनः ओरालोतर्फ लागेर बन्द भएको छ। आज नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स १.१६ अंक, फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।

मंगलबार ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँमा खरिद बिक्री भएको छ । सोमबारको तुलनामा कारोबार रकम भने ७४ करोड ८३ लाख रुपैयाँले बढेको हो ।

कारोबारमा आएका १३ मध्ये ३ उपसमूहगत सूचक बढेको छ भने १० ओटा घटेको छ । वित्त समूह २.१०, लघुवित्त २.०३ प्रतिशत, जीवन बीमा समूह ०.०६ प्रतिशत बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.३८ प्रतिशत र व्यापार समूह १.३१ प्रतिशत घटेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

यस दिन पनि शिवम् सिमेन्ट्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा छ। कम्पनीको २५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै सोनापुर मिनरल्स एण्ड आयलको १८ करोड ८९ लाख, गोर्खाज फाइनान्सको १५ करोड ८२ लाख, घोराही सिमेन्टको १० करोड १६ लाख र नेपाल फाइनान्सको ९ करोड ५५ लाख रुपैयाँको सयर किनबेच भएको छ ।

बजार घटेपनि बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्तको गरी तीन कम्पनीके सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै इन्फिनिटी लघुवित्त, भगवती हाइड्रोपावर र युनिक नेपाल लघुवित्तको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

उता कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक ७.०८ प्रतिशत घटेको छ । गुमाउने अन्य कम्पनीमा पिपुल्प हाइड्रोपावरको ६.९१ प्रतिशत, मैलुङ खोलाको ४.५१ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ३.५७ र कर्णर्ली डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.५३ प्रतिशतले घटेको हो ।

मंगलबार कुल बजार पुँजीकरण् ३२ खर्ब ४९ अर्ब ५० करोड ३६ लाख रुपैयाँमा सेमटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।