सर्वोत्तम सिमेन्टको पहिलो दिनमा कति भयो सेयर कारोबार ?

0
Shares

बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको पहिलो कारोबार दिन २ हजार ४४२ कित्ता सेयर कारोबार भएको छ ।

नेप्सेका अनुसार दिनभरमा १४ लाख ७९ हजार ४६८ रुपैयाँ बराबरको २ हजार ४४२ कित्ता सेयर खरिद बिक्री भएको हो । आज पहिलो दिनमा नै नेप्सेले दिएको अधिकतम कारोबार रेञ्ज ५५६ रुपैयाँमा कम्पनीको धितोपत्रको कारोबार सुरु भएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म तोकेको थियो ।

कुल १३३ ओटा संख्यामा कम्पनीको सेयर खरिद बिक्री भएको हो ।जसमध्ये २९ ओटा कारोबार ५० कित्ताका दरले कारोबार हुँदा धेरै सेयर अड लट अर्थात १० कित्ताभन्दा कम समेत कारोबार भएको देखिएको छ ।

मंगलबार कारोबार खुला भएलगत्तै सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ । मंगलबार कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात ५५ रुपैयाँ ६० पैसाले बढेर ६११ रुपैयाँ ६० पैसामा पुगेको छ । कम्पनीको मूल्य १० प्रतिशत मूल्य बढेपछि पनि नेप्सेको मार्केट डेप्थमा बिक्रेताको संख्या शुन्य प्राय रहेको थियो । सेयर खरिद गर्नेको भने लर्को भएपनि बिक्री गर्ने नहुँदा कम्पनीको थोरै मात्र खरिद बिक्री भएको हो ।

बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको सेयर कारोबार मंगलबारदेखि सुरु भएको हो । नेप्सेमा ‘एसएआरबीटीएम’ संकेतमा सर्वोत्तमको नियमित कारोबार सुरु भएको छ । सर्वोत्तमको चुक्ता पुँजीका आधारमा कायम ४ करोड ६५ लाख कित्ता सेयर सोमबार नेप्सेमा सूचीकरण भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।