भिजन सेक्युरिटिजद्धारा इलाममा सेयर बजार सम्बन्धि कार्यक्रम सम्पन्न

0
Shares

भिजन सेक्युरिटिज प्रालिले ईलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस आयोजनामा चैत्र ६ गते मंलगबारका दिन सेयर बजार सम्बन्धी साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।

धितोपत्र बोर्डबाट स्टक ब्रोकर नं. ३४ नम्बरको इजाजत प्राप्त उक्त कम्पनीले ग्लोबल मनी वीक २०२४ को अवसरमा उक्त क्याम्पसमा अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी र सेक्युरिटीजको ईलाम शाखा कार्यालयको आयोजनामा क्याम्पसको हलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा दोस्रो बजारमा कारोबार गर्नको लागि आवश्यक प्रकृया, लगानीकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोबार सम्बन्धी व्यवस्था लगायतका विषयहरुमा भिजन सेक्युरिटिज्का ईलाम शाखा प्रमुख मनोज राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी अनेरास्ववियु जिल्ला कमिटि ईलामका सहसचिव सुशान्त चापागाँईले सम्बन्धीत निकायहरुसँग समन्वय गरि समय समयमा यस प्रकारका कार्यक्रमहरु गरिने बताए । क्याम्पसका प्रध्यापक तथा सेयर वजार सम्बन्धी जानकार तारानाथ पराजुलीले विद्यार्थीहरुलाई पुजीँबजार सम्वन्धी अध्ययन गरेर, बुझेर मात्र लगानी गर्न सुझाउँदै विद्यार्थी जीवनबाटै सेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल दिन सक्ने बताए ।

भिजन सेक्युरिटीजका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले २३० विद्यार्थीहरुको सहभागितामा युवा लक्षित पुँजी बजार सम्वन्धी शिक्षा तथा चेतनामुलक कार्यक्रम सम्पन्न गरिएको बताए ।

वित्तीय शिक्षा अभिवृद्धि गर्ने हेतुले स्थापित संस्था ओईसीडी/आईएनएफईको अनुरोधमा नेपाल राष्ट्र बैंकको संयोजनमा विश्वव्यापी वित्तिय सप्ताह–२०२४ (चैत ५–११) मा सञ्चालन भईरहेको छ । सोहि अवसरमा नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकर, धितापत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारी क्रेडिट मूल्याङ्कन संस्थाहरुलाई समेत युवा लक्षित पुँजी बजार सम्वन्धी शिक्षा तथा चेतनामुलक कार्यक्रम गरेको हो ।

अरेरास्ववियु महेन्द्ररत्न बहुमुखी क्याम्पस ईलाम व्यवस्थापन संकाय कमिटी अध्यक्ष रतन तामाङ्गको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापक तारानाथ पराजुली, अनेरास्ववियु जिल्ला कमिटि ईलामका सह सचिवद्वय सुशान्त चापागाँई र विशाल कार्की, क्याम्पस कमिटिका अध्यक्ष गोपीराज आङ्देवे, भिजन सेक्युरिटिज प्रालि. ईलामका शाखा प्रमुख मनोज राई लगायत व्यवस्थापन संकायका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।