समता घरेलु लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

0
Shares

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २९ गते १० औं वार्षिक साधारण सभा बोलाएको छ । चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काभ्रेपलान्चोकको बनेपास्थित नमोबुद्ध बैङ्क्वेट एण्ड इभेन्टमा उक्त दिन ११ः३० बजे साधारण सभाको मिति तय गरेको हो ।

सभाबाट कम्पनीले सञ्चालक समितिबाट गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्तावित कुल ५.७०७६ प्रतिशत लाभांशको पारित गर्नेछ । साधारण सभाबाट चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको ५.४२२२ प्रतिशतले हुन आउने २ करोड १३ लाख ७२ हजार ७१ रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरी सभामा समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा भएको डीडीए मूल्यांकनर्ताको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन, सेयर आदान प्रदान दर प्रस्ताव पारित, प्रारम्भिक समझदारीपत्र तथा प्राप्ति सम्बन्धमा भएको निर्णयहरुको अनुमोदन गर्नेछ । साथै अन्तिम सम्झौतापत्र लगायत सो सम्बन्धी कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्राप्ति कार्य पश्चात् बन्ने वित्तीय संस्थाको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन सम्बन्धी प्रस्ताव लगायत प्राप्तिसँग सम्बन्धीत आवश्यक अन्य सम्पूर्ण निर्णयहरु पारित गर्नेछ ।

साथै अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने वा प्राप्ति सम्वन्धी सम्झौतापत्र तर्जुमा गर्ने, डीडीए गर्ने र गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

कम्पनीले ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू–एफपीओ) सम्बन्धमा ।निर्णय गर्नेछ ।  वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको दश वर्ष पुगेको संस्थापक सेयरधनीहरुको संस्थापक सेयर नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृतिमा नियमानुसार क्रमशः सर्वसाधारण सेयरमा परिणत गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको छ ।

सभाको अन्य प्रस्तावहरुमा वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन र सो संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोहि बमोजिम गर्न संचालक समिति वा संचालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने रहेको छ । यसैगरी कम्पनीले साधारण सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ चैत्र १९ सोमबार एकदिन सेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने जनाएको छ । बुकक्लोज अनुसार चैत्र १८ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।